तेस्रो दिन : जिउदै देखिएको स्वर्ग र निको भएको शरिरले
डा. हिमालय प्रकृतिसंग बिदा माग्ने दिन
झिसमिसे अधेरो बिहानीमा मोबाइलको बत्ति बालेर माथिल्लो दृश्य बिन्दुमा पुगेर सुर्य उदय हेर्ने लक्ष्य सहित लड्दै र पड्दै हाम्रो हिडाई सुरु भयो | बाटोमा गएकाहरु मध्ये कोहीलाई लेक लागेर लसुन खादै गरेको, कोहि बीच बाटोमै बिस्राम लिदै गरेको देख्दा मेरो मनमा पनि डरको मधुर छाया फैलियो | तर हाम्रो हिडाई रोक्किएको थिएन | हामीले सुर्य उदय संगै छोटो समयको प्राकृतिक जादु हेर्ने मौका पायौँ | माथिल्लो दृश्य बिन्दुमा पुग्नासाथ मेरो शरीरमा मैले बिशेष उर्जाको आभाष पाए | मैले आफुमा भएको सम्पूर्ण बिमारी निको भएको महसुस गरे | माथिल्लो दृश्य बिन्दु हाम्रो लागि प्राकृतिक जादु हेर्ने ठाउँ जस्तो लग्यो | मानौ कि प्रकृतिले हामीलाई जादु देखी रहेको छ |
भगवानको दर्सन पाए जस्तो एकैछिन मात्र हामीले खुल्ला हिमालहरु देख्न पायौँ | हेर्दा हेर्दै ति अन्नपुर्ण, माछापुच्छ्रे र मर्दी हिमाललाई बादलले छपक्क छोप्यो | छोटो समायको लागि सुर्य उदय संगै खुल्ला हिमालहरु देख्न पनि भाग्यमा लेखेको हुनुपर्ने रैछ किनकि परिरहने पानि र गुम्म बादलले हिमाललाई छोप्न छोडेको छैन भनेर हामी उच्च शिवीर चड्दै गर्दा माथि पुगेर आउनेहरु मध्ये कोहिले भनेका थिए | स्वर्गिक आनन्द भनेको के हो भन्ने कुरा मैले त्यहाँ गएपछि थाह पाए | हामीलाइ आधार शिविर (अन्तिम बिन्दु) पुग्न माथिल्लो दृश्य बिन्दु बाट तिन घण्टा लाग्थ्यो | हामीलाई तेही दिन फर्केर पोखरा पुग्नु थियो |
अन्तिम बिन्दुसम्मको यात्रा माथिल्लो र अन्तिम बिन्दुको बीचमा एउटा शिला लेख राखिएको थियो जसमा त्यहाँको समाधिस्थलहरु शताब्दी पुरानो हो जसमा सत्र जना भन्दा बडीको चट्याङबाट मृत्यु भएको कुरा उल्लेख गरिएको थियो | मैले तेही नै हाम्रो यात्रा टुंग्याउन र फर्किने प्रस्ताब दाईसंग राखे तर हामी संगै उच्च शिविरमा हिड्ने एकजना पर्यटक गाइड दाजुले यहाँ सम्म आइसकियो अब अलिकति त बाँकि हो अनि मर्द भएर यसरी हार मान्नु राम्रो हुदैन भन्दै हौसला थप्नु भयो | मेरो दाईले पनि सहमति जनाउदै यत्रो दु:ख पाएर आइयो अनिम बिन्दुसम्म पुग्ने लक्क्ष पुरा गर्न नसकेको हिनताबोध पछि हुनेछ भन्नु भएपछि हाम्रो यात्रा जारी भयो | जब आधार शिविर (अन्तिम बिन्दु) पुगेपछि संसार नै संसारकै अग्लो ठाउमा पुगेको महसुस गरे तर त्यो संसारको अग्लो हिमालहरु मध्येको एउटा सानो हिमाल थियो | हाम्रो आधार शिविर (बेस क्याम्प)मा सफल आरोहण भयो | यात्रामा देखिएका हामी सहित सय प्रतिशतमा अन्तिम बिन्दु सम्म सफल आरोहण गर्ने सक्ने जम्मा तीस प्रतिशत थियो | अन्तिम बिन्दु चार हजार पाँच सय मिटर माथि पुग्दा मेरो मन भन्दा शरीर एकदम आनन्दित र उर्जावान थियो | यस्तो लग्यो कि म अब सगरमाथा चड्न तयार छु तर यथार्थ मेरो पहिलो हिमाल यात्राको यो एउटा अनुभव मात्र थियो थियो | कोहि जर्सी लगाएर फोटो खिच्न लागिरहेको थिए कोहि गीत बजाएर नाच्दै थिए भने कोहि गितार बजाएर गीत गाउदै थिए | यो सबै दृस्य नियालि रहदा मलाई यो हिमाली क्षेत्र भनेको वास्तविक अस्पताल हो भन्ने भान भयो तर जस्तो सुकै कठिनाई आएपनि अन्तिम बिन्दुमा चै पुग्ने पर्ने रैछ | मैले त्यति लेख्न सकिरहेको छैन जति मैले यो यात्राको अनुभव गरेको छु | मेरो हिमालसंग प्रकृतिय नाता जोडियो जसलाई मैले प्राकृतिक गुरु शिस्यको नाम दिएको छु | जीवनको विभिन्न कालखण्डमा मलाई हिमाल समझदा आत्मज्ञान प्राप्त हुन्छ |
अन्तिम बिन्दु (आधार शिविर) बाट फर्किने बेला मैले जीवनको सत्य बुझे कि मानिस जति माथि गएपनि एकदिन उसलाई तल झर्ने पर्छ र जन्मिएपछि मर्ने पर्छ | चार हजार पाँच सय मिटर माथि बाट अब हामीलाई फेरी तल झर्नु थियो | झिसमिसे बिहानीमा चढेको उकालो उज्यालोमा फर्किदा थाह भयो कि उज्यालोमै आएको भए हाम्रो यात्रा अगाडी बढ्दैन थियो होला अनि स्वर्गीय अनुभव र शुद्ध बातावरणको महसुस गर्न पाउने मौका मिल्दैन थियो होला | अधेरोमा चडेको ठाडो भिर उज्यालोमा झर्दै गर्दा भगवान श्री रामको नाम पहिला आयो त्यसपछि मनमा आएको डरलाई हराउदै झारियो | हामी फर्केर फेरी उच्च शिविरमा पुगेर चिया नास्ता खाएपछि त्यहि दिनमै पोखरा पुग्नु पर्ने लक्ष्यलाई पछ्याउदै घडीमा अन्दाजी साढे एघार बजेपछि उच्च शिविरबाट बिदा भयौँ |
उच्च शिविरमा खाएको नास्ताको उर्जाले हामीले सोचेका थियौं कि पोखरा समयमै पुग्नेछौं भनेर तर त्यसो भएन हामीले सोचेको भन्दा बडी दु:ख भयो झर्ने यात्रा गर्दा | हामीले झर्ने क्रममा कम हुमल सिभिरमा बिस्राम नगरी चाडै पुग्ने जोशले गल्ति गर्यौं | हिड्दै जादा यस्तो बाटो आयो कि त्यो बाटो थिएन पनि बग्ने बाटो थियो | पानीले आफु बग्न बनाएको ढुंगाको बाटोमा त्यो कस्टकर यात्रा त्यो पनि वनको बीचमा ठाडो बाटो जति झर्यो तेती तल अझै झर्नुपर्ने | पनिले बनाएको त्यो ढुंगाको बाडी पहरो झरे जस्तो बाटो झन्डै ४ घण्टा बिना बिस्राम हिड्दा बल्ल खुल्ला छोडिएका जंगली भैसीहरु आफ्नै गोठमा मजाले बसिरहेका थिए | त्यहाँ जंगली भैसीले हान्ला भन्ने डर पनि भयो | ठाउँ-ठाउँमा दुईओटा बाटोले यसरी झुक्कायो कि मनमा राम नामको साथमा हामीले दाहिने बाटो समात्दै गायौं | हामीले त्यसै दिन पोखरा पुग्छौं भन्ने आसा मरिसकेको थियो | सात घण्टा को यात्रा पछि बल्ल एउटा घरको निलो जस्ता भएको छानो देखियो बल्ल आइपुगियो बन्ने भान भयो | तर बिडम्बना अझै १ घण्टाको बाटो बाँकी नै रहेछ भन्ने त्यो पाहुना घर अगाडी पुगेपछि थाहा भयो |
बल्ल-बल्ल स्वा-स्वा र हस्यांङ-फस्यांङ गर्दै साझमा हामी सिद्धिंङ पुग्यौँ | सत्र सय उचाईमा रहेको सिद्धिंङ गाउबाट सुमो गाडी पाइन्थियो | हामी पुग्दा हामी भन्दा धेरै यात्रीहरु पोखराको लागि गाडी कुरिरहेको रहेछन | फेरी त्यसै दिन पर्यटक धेरै र गाडी थोरै भएको कारणले धेरै जनाको भिडमा अब हामीलाई पिर पर्यो | भगवान दाइने भएपछि कसैको केहि लाग्दैन भनेको सुनेको थिए त्यस दिन हामीलाई त्यस्तै भयो हामी भन्दा अगाडी आउंदै गरेको ६ जनाको समूहले एउटा सुमो रिजर्ब गरेको रहेछन | सुमोमा आठजना अट्ने रहेछ त्यसमा हामी दुईजना पनि जाने भयौँ | बिहान नास्ता मात्र परेको शरीरमा एक कप चिया त्यो पनि झमक्कै अधेरी साझामा, कहिले गाडी आउला र पोखरा पुगिएला जस्तो भैरहेको बेला हाम्रो गाडी पनि छिटो आयो कारण हामी ढिलो पुगेका थियौं | हामीले बढीमा पनि तीस मिनेट मात्र कुर्नुपर्यो |
सिद्धिंङबाट एक घण्टामा पोखरा पुग्थ्यो | अब पोखरा पुगिन्छ भनेर मन खुसि हुन नपाउदै अफ्ठेरो बाटो आयो खै कहाँ हो थाह नै भएन एकछिन हिड्नु पर्ने भयो | हामीले ५ मिनेट हिड्नु पर्यो, बाटोमा निकै गारो ठाउमा खोला रहेछ त्यसैले पनि होला | हामी गाडीमा हिड्दै गर्दा अरु थुप्रै यात्री गाडी नपाएर बाटोमा हिड्दै थिए एकछिन त लग्यो हो रहेछ भगवान दाहिने भएपछि कसैको केहि लाग्दैन भन्थ्ये त्यस दिन थाह पाए | हामी रामको नाम लिदै खतरनाक बाटोहरु पार गर्दै पोखरा पुग्यौँ | हामी करिब ९ बजे तिर पोखरा पुग्यौँ | खुसीको सिमा नै थिएन |
मर्दी यात्रको बारेमा अहिले सम्म मैले जति लखेको छु त्यो निकै कम हो, पुरै लेख्दा त एउटा सानो किताब नै बन्छ होला |
क्रमस :