अन्तिम शब्द

हाम्रो यात्राले दिने अन्तिम सन्देश भन्नेको पैसा केहि होइन रहेछ | पैसा एउटा साधन मात्र रहेछ | तपाई आफुलाई विश्वास गर्नु हुन्छ र भगवानमा समर्पित हुनुहुन्छ भने तपाईको हरेक कार्यमा, यात्रामा आउने बाधा हटाईदिन्छन | अनि अर्को सत्य मैले गरेको अनुभवले भन्छ एक मात्र ठुलो डाक्टर हाम्रो देशको प्रकृति हो | हाम्रो देश घुम्न आउने धेरै बिदेशी पर्यटकहरुले पनि भन्छन् नि नेपाल स्वर्ग हो, साच्चै हो रहेछ मैले पनि स्वर्ग घुमेर आएको अनुभब गरे |  बिरामी शरीर लिएर घरबाट गएको म फर्किदा एकदम उर्जावान भएर फर्किएको थिए |

अहिले बेला बेलामा लाग्छ मलाई कि फेरी देशको कहिँ कतैको हिमाली प्रकृतिले मलाई बोलाई रहेको छ | जसरी अस्पतालमा डाक्टरले फलो अपको लागि बोलाउने गर्छन् मलाई पनि त्यसरी नै यो डाक्टर हिमालीय प्रकृतिले फेरी फलो अपको लागि बोलाएको जस्तो बेला बेलामा लाग्छ | यसरी मेरो जीवनको पहिलो हिमाल पदयात्रा र डा. हिमालय प्रकृतिसंगको भेटको धेरै कुराहरु छुटेको र कमि कमजोरी भएको छ जस्तो लाग्छ |

सारंगी रेटौला मौका मिले फेरी अझै लेखौला |

                                              समाप्त