पहिलो दिन : पहिलो हिडाईमै मर्दी हिमाल पुग्ने सपना
मर्दी हिमाल ट्रेकिङको लागि हामी दाजु भाइ काडे भन्ने ठाउँबाट हिड्न सुरु गर्यौ | पहिलो दिन काडे देखि कोकर कम शिविर सम्म पुग्ने भन्ने थियो | हुमल कम शिविर पुग्न काडे अस्ट्रेलियाली शिविर, पोथाना, देउराली, कोकर वन शिविर अनि बल्ल हुमल कम शिविर पुग्नु थियो | कम्तिमा पनि वन शिविरसम्म चै पुग्नै पर्छ भन्ने लक्ष्य राखेर हामीले यात्रा सुरु गर्यौ |
यात्रामा म मेरो जीवनमा पहिलो चोटी ट्रेकिङ यात्रामा हिडेको थिए तर मेरो जेठो दाजुको भने यो पहिलो थिएन| दाजुको पहिलेको अनुभव र मेरो नया अनुभव बटुल्दै हामीले हिडाई जारी राख्यौँ | मैले पोथाना सम्म पुग्दै गर्दा आफुलाई कुवाको भ्यागुता रहेछु भन्ने महसुस गरे किनकी मेरो लागि एकदम नौलो यात्रा बन्यो | यात्रा सुरु गर्दा मैले दाइको कुरामा बिरोध जनाउदै भनेको थिए,”एस्तो यो सिधै हिमाल छेउ पुग्न सक्ने हुदा हुदै किन हिड्नु परेको हो मान्छेलाई, म त अब यस्तो यात्रा गर्दिन”| दाइ ले भन्नुभएको थियो,”तैले यात्राको अन्तिममा महसुस गर्ने छस र तलाई फेरी यस्तो यात्रा गर्न मन लाग्ने छ”| पोथाना पुग्ने बेलासम मैले आफुलाई हिड्न सक्दिन कि भन्ने सोचेको थिए तर त्यसो भएन पोथाना सम्म गलेको महसुस भएको जिउ देउरालीको चाउ-चाउ र कालो चिया सारा थकानको औषधी बन्यो |

कार्तिक एक गते सोमबार काठमाडौँ घरबाट पोखरामा एक रात बितीसके पछि भोलि पल्ट मंगलबार आठ बजे काडे बाट सुरु भएको हाम्रो यात्रा कोकर वन शिविर सम्म पनि पुग्न सकेन | झमक्क साझ परि हाल्यो आकाशमा चन्द्रमाको उदय भैसक्दा हामी देउराली र कोकर वन शिविर को बीच मुसलबारी उचाईमा ररेको एउटा मात्र पाहुना घरमा बास बस्ने निर्णय गर्यौ | मुसलबारीबाट कोकर बन शिविर पुग्न आधा घण्टा लाग्छ भन्ने थाहापाएपछि म त अझ चन्द्रमाको उज्यालोसंगै हामी मोबाइलको बत्ति बालेर भएपनि कोकर वन शिविर नै जाउँ भन्थे तर दाइले जंगली जनावरको डर हुने कुरा गर्नु भएपछि मेरो उर्जा सेलायो |

हामीले मुसलबारीसम्म वनको बीच-बीच मा पुरै यात्रालाई हेर्ने हो भने केहि सामान्य समस्याको सामना गर्नुपर्यो | पहिलो कुरा त हामीसंग छडी थिएन जुन हिमाल यात्राको लागि महत्वपूर्ण साधन हो | हामीले यात्रा गर्दा पक्का त भन्न सक्दिन तर बिना छडी यात्रा गर्ने हामी दाजु भाइ मात्र थियौ होला कोहिले वनको बीचमै रुखका भाचिएका हागाहरुको र पहिले कसैले फालेको छडी लिन्थ्ये | दोस्रो कुरा बिहान देखि शरीरमा ठुलो प्लास्टिक किनेर टाउको र हात निकाल्न मिल्ने प्वाल पारेर रेनकोट बनाएर, कहिले सिमसिम पानि कहिले झरीको सामना गर्दै, चिप्लिदै र अल्झिदै मुसलबारीसम्म पुगका थियौं | कोकर वन शिबिर सम्म पुग्न नसक्नुको कारण पानि परेर अफ्ठेरो बाटो झन् अफ्ठेरो हुनु थियो | त्यहाँ बिजुलीको नाममा सौर्य बिजुली मात्र थियो अनि घाम बिहान एकछिन चिया खान आएको जस्तो मात्र आउथ्यो | तर जे होस हामीले छडी बिना त्यो एक दिन पार गरेर मुसलबारी बाट रातको एकछिन देखापर्ने हिमाल हेर्ने मौका पायौ |
पहिलो दिननै करिब पाँच मिनेटको लागि हिमाल छर्लंग देखिएको थियो | मैले जीवनमा पहिलो चोटी खुला आँखाले तिन वटा माछापुछ्रे, अन्नपुर्ण र मर्दी हिमाल देखे | ट्रेकिङको पहिलो दिन को रात आठ बजिसकेको थियो, प्रकृतिले जादु देखाएको जस्तै गरि हिमालको त्यो स्वर्गिक द्रिस्य मेरो मनमा यसरी बस्यो कि हिमाल छेउमै झन् कस्तो अनुभव हुन्छ होला भन्ने कौतुहलताले आधा रातसम्म आँखा बन्द मात्र थियो | म त हिमालमा मेरो पैतालाले कसरि टेक्छ भन्ने कल्पनामा हराएको थिए |
क्रमस :